You are here
Home > समाचार > महाकाली नदीमा विपद् उद्धार अभ्यास प्रदर्शनी

महाकाली नदीमा विपद् उद्धार अभ्यास प्रदर्शनी

१७ कार्तिक २०७५, शनिबार १३:३९

कञ्चनपुर-नेपाल भारतको सीमा महाकाली नदीमा सीमा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर दार्चुला नम्बर ५० र नेपाल रेडक्रस सोसाइटी दार्चुलाले विपद् उद्धार अभ्यास प्रदर्शनी गरेको छ। मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ जौलजीविमा विपद् उद्धार अभ्यास प्रदर्शनी गरिएको हो ।

नदीमा बगेको व्यक्तिलाई कसरी उद्धार गर्न सकिन्छ भनेर सरोकारवालालाई जानकारी गराउन विपद् उद्धार सामग्रीको अभ्यास एवं प्रदर्शनी गरिएको सशस्त्र सीमा प्रहरी बल नेपाल गुल्म दार्चुलाका डीएसपी भीमबहादुर चन्दले बताए ।

सीमा क्षेत्रको संरक्षण गर्ने दायित्वसमेत सशस्त्र प्रहरीकै भएको कारण सशस्त्र प्रहरी बलले सीमा नदीमा प्रदर्शनी एवं अभ्यास गराएको हो ।

सशस्त्र प्रहरीको कार्यादेश नै सीमा गस्ती गर्नु हो डीएसपी चन्दले भने, जिल्ला विपद्को दृष्टिकोणले उच्च जोखिममा रहेको हुँदा पानीमा हुने विपद् रोकथाममा सशस्त्रले भूमिका आवश्यक छ । उनले भने, ‘सशस्त्र प्रहरीले उद्धार मात्र हैन सीमा रक्षासमेत गर्छ।’

सीमा नदी महाकालीमा गरिएको विपद्मा उद्धार अभ्यासले राष्ट्यिताको सवाल बलियो बनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्री हस्तान्तरणसमेत गरिएको छ ।

सशस्त्र प्रहरीसँग विपद्मा उद्धार गर्ने जनशक्ति पनि भएको कारण सशस्त्र प्रहरीलाई पहिलो जिम्मेवारीका साथ सामग्री उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

  • 6
    Shares