You are here
Home > समाचार > प्रदेश गृहमन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी

प्रदेश गृहमन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी

१८ कार्तिक २०७५, आईतवार १३:२०

काठमाडौं –प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् ।

गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले बदमासी भन्दै स्थानीयवासी आन्दोलित बनेका थिए । ठेकेदारलाई दवाव दिन आफूहरुले निर्माण कार्य अवरुद्ध बनाएपछि मन्त्रीले धम्की दिएको खनालको दावी छ ।

‘हिजो बिहान ९ः३३ बजे यसै प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्रीसमेत रहेका गौरादह नगरपालिका–३ मा बसोबास गर्ने हिक्मत कार्कीले एक्कासी फोन गरी तेरो बाउको बाटो हो ? बाटो छेक्ने अधिकार कसले दियो? तँलाई आएर सिध्याइदिन्छु भनी ज्यान मार्ने धम्की दिएको हुँदा निजलाई कानूनको कठघरामा उभ्याइपाउँ,’ उजुरीमा निवेदकले भनेका छन् ।

तर, उजुरी लिएर आएका खनाललाई इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी सहायक निरिक्षक खड्गबहादुर खड्काले उल्टै हप्काइ दप्काई गरेका थिए । पछि प्रहरी नायव निरिक्षक सुरेन्द्र श्रेष्ठले उजुरी लिए तर दर्ता नगरी गोजीमा हालेका छन् ।

  • 5
    Shares