You are here
Home > समाचार > गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती पक्राउ

गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती पक्राउ

१८ कार्तिक २०७५, आईतवार १३:४१

काठमाडौं–गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले मायालाई नियन्त्रणमा लिएको हो । शरद गौचन हत्या प्रकरणमा उनको पनि संलग्नता देखिएकाले नियन्त्रणमा लिइएको महाशाखाका एक अधिकृतले जानकारी दिए ।

बस्तेतलाई प्रहरीले यसअघिनै सोही प्रकरणमा पक्राउ गरिसकेको छ । गतवर्षको असोजमा वानेश्वरमा  भएको गौचनको हत्या समीरमानकै योजनामा भएको प्रहरीले दाबी गर्दै आएको छ ।