You are here
Home > समाचार > वन अधिकृत ६० हजार घुससहित अख्तियारको फन्दामा

वन अधिकृत ६० हजार घुससहित अख्तियारको फन्दामा

१८ कार्तिक २०७५, आईतवार १८:४८

काठमाडौं- सब डिभिजन वन कार्यालय नेपालटार, उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियार ६० हजार रुपैयाँ घुससहित आइतबार पक्राउ परेका छन् ।

उदयपुर नेपालटारको सामुदायिक वन उपभोक्ता समितिको काठ लगत गरी घाटगद्दी समेत गरिसकेकोमा घाटगद्दीमा रहेको काठको टुनटुक्राको घाटगद्दी मिलाइदिने बहानामा सेवाग्राहीसँग घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो ।

यसैगरी नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने युगज्योति माध्यमिक बिद्यालय, देवदह, रुपन्देहीका प्रधानाध्यापक शिवप्रसाद ढुंगानाविरुद्ध आइतबारै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिई बढुवा समेत भई सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएको हुँदा उनको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।

 

  • 9
    Shares