You are here
Home > समाचार > गुण्डा नाइके समीरमानकी श्रीमतीलाई १० दिन थुनामा राख्न आदेश

गुण्डा नाइके समीरमानकी श्रीमतीलाई १० दिन थुनामा राख्न आदेश

१८ कार्तिक २०७५, आईतवार १९:०३

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या लगायत अन्य गोली काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नतेलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

आइतबार नागार्जुन नगरपालिका–२ दुईधाराबाट पक्राउ परेकी ३१ वर्षीया बस्नते गौचन, दुर्गा तिवारीको हत्या र गुण्डा नाइके दावा लामामाथिको गोलीकाण्डमा हतियार व्यवस्थापन गरेको खुल्न आएपछि अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो।

त्यस्तै उनले हुण्डीमार्फत भारतमा पैसा पठाउने गरेको, गौचनका हत्यारालाई संरक्षण गरेर आफ्नो घरमा राखेको आरोप लागेको छ।

  • 6
    Shares