You are here
Home > समाचार > बेपत्ता सशस्त्र प्रहरी जवानको खोजतलास गर्न गोताखोरको टोली बझाङको सेती नदीमा

बेपत्ता सशस्त्र प्रहरी जवानको खोजतलास गर्न गोताखोरको टोली बझाङको सेती नदीमा

१८ कार्तिक २०७५, आईतवार २०:२३

बझाङ-चार दिन अगाडी सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवानको खोजतलासका लागि सशस्त्र प्रहरी निरीक्षक कमान्डोमा ५ जनाको टोली बझाङ पुगेको छ ।

बेपत्ता शसत्र प्रहरी जवानको सबलाई गोताखोरको टिमले बेपत्ता भएको सब निकाल्न सकेको छैन् । प्रहरी डुबेको स्थान सदरमुकाम चैनपुरको सिमल रुख पछाडी सेती नदीको गहिरो तालमा पानी भित्र जाने सशस्त्र प्रहरीको टोलीले आईतबार बिहान देखि शव निकाल्ने प्रयास गरे पनि नदिको बहाब बढी भएको र पानीको रिगाउँटो परेको हुँदा निकाल्न कठिन भएको हो।

साथै आफुसंग भएका स्रोत र साधनको प्रयोग गरेपनि केही नलागेको शसस्त्र प्रहरी बझाङ्कका डिएसपी भुवनराज पन्तले जानकारी दिए। बिहीबार दिउसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेल्डाडी गाउँपालिका घर भएका २३ वर्षीय सशस्त्र प्रहरी जवान राजेन्द्र बुढा नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता प्रहरी जवानको सब पत्ता लगाउनका लागी काठमाडौंबाट २ जना,गोताखोर टोली तीन जना, अत्तरीयाबाट गरी ५ जना गोताखोरको टोली शनिबार बेलुका बझाङ पुगेको थियो ।

तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरी हवल्दार पुरुशोत्म भण्डारीले ३५ देखि ४० फिट गहिरो भएको र सेति नदिको पुरै पानीको बहाब तालको खोचमा आएकाले पानि भित्र जान नसकेको बताए ।

  • 72
    Shares