You are here
Home > समाचार > केही खराब प्रहरीले गर्दा राम्रा प्रहरीले सास्ती भोग्नुपरेको छः आइजीपी खनाल

केही खराब प्रहरीले गर्दा राम्रा प्रहरीले सास्ती भोग्नुपरेको छः आइजीपी खनाल

१९ कार्तिक २०७५, सोमबार १३:०१

काठमाडौं- प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले केही खराब प्रहरीका कारण संगठनका राम्रा प्रहरीले पनि समस्या भोग्नु परेको बताएका छन्।

पर्वत जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा आईजीपी खनालले त्यस्ता खराब प्रहरीलाई आन्तरिक शुद्धिकरणमार्फत कारवाही थालिएको बताउँदै प्रहरी संगठनको मूल्य र मान्यतामा बसेर जनसेवा गर्न पनि निर्देशन दिएका छन् ।

आइजीपी खनालले प्रहरी कर्मचारीले निष्ठा र ईमान्दारीपुर्वक समाजको सेवा गर्नुपर्ने कुरामा जोड दिए। आइजीपी खनालले प्रहरी संगठनले हामी प्रहरी कर्मचारीलाई जीवनयापन,ईज्जत, प्रतिष्ठा मात्र दिएको नभई हाम्रो भविष्य पनि सुरक्षित पारेको हुँदा हामीले समाजमा प्रहरीको छवी उच्च पार्न आफ्नो चालचलन, व्यवहारमा सुधार गर्नुपर्ने, मानव अधिकारको उच्च सम्मान गर्नुपर्ने र व्यवसायिक निष्ठालाई उच्च राख्नुपर्ने कुरालाई विशेष जोड दिएका थिए।

आफू प्रहरी महानिरीक्षक भइसकेपछि आफ्नो एकमात्र कार्य भनेको प्रहरीलाई राम्रो र सक्षम पार्नु रहेको बताउँदै प्रहरी राम्रो हुँदा समाजका खराब तत्वहरुलाई असर पर्ने र तिनीहरुले संगठनका बिरुद्द छवी धमिल्याउन विविध किसिमका दुस्प्रयास गर्ने गरेको पनि आइजीपी खनालले बताए।

 

  • 19
    Shares