You are here
Home > समाचार > ट्राफिकका सई अख्तियारको फन्दामा

ट्राफिकका सई अख्तियारको फन्दामा

१९ कार्तिक २०७५, सोमबार १४:०६

तनहुँ –जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा भर्ना भएको खुलेपछि मुद्दा दायर भएको हो ।

बिहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट प्राप्त गरेको मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भइ सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएको हुँदा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

  • 20
    Shares