You are here
Home > समाचार > बिहारमा प्रहरी विद्रोह, १७५ प्रहरी बर्खास्त

बिहारमा प्रहरी विद्रोह, १७५ प्रहरी बर्खास्त

१९ कार्तिक २०७५, सोमबार १५:४८

पटना- भारतको बिहार राज्यको राजधानी पटनास्थित प्रहरी तालिम केन्द्रभित्र आइतबार भएको प्रदर्शनमा १७५ प्रहरी बर्खास्त गरिएका छन् ।

एक जना तालिमे महिला प्रहरीको मृत्यु भएपछि सुरु भएको उक्त हिंसा पछि बर्खास्तगीमा पर्नेमा ७७ महिला सहित १६७ तालिमे प्रहरी समेत रहेका छन् ।

यसका साथै विभागका २३ कर्मचारीहरू समेत निलम्बनमा परेको बताइएको छ । बिहार प्रहरीभित्र यो आजसम्मकै सबै भन्दा ठुलो कारवाही बताइएको छ ।

तालिमेबाहेक अन्य आठ प्रहरीलाई उक्त उपद्रव भड्काएकोमा दोषी पाइएको बताइएको छ । त्यस्तै २० जना अन्य प्रहरीलाई उक्त समय गयल रहेको र उक्त प्रदर्शनलाई रोक्न कोसिस नगरेको भन्दै निलम्बन गरिएको हो । तीन जना प्रहरी अधिकारीहरूलाई उक्त मृत महिला बिमारी भएको बेला उनलाई विदा नदिएकोमा निलम्बन गरिएको छ ।

  • 21
    Shares