You are here
Home > समाचार > डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु

१९ कार्तिक २०७५, सोमबार १६:२९

डोल्पा-डोल्पामा सोमबार जीप नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ।सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो।

दुनैबाट गुडेको गाडी ठूलीभेरी-३ कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। चालक दिनेश बोहोरा पनि घाइते भएका छन्।दुर्घटनाको कारण खुल्न नसकेको प्रजिअ थापाले बताए। अहिले जीप नदीबाट बाहिर निकालिएको उनले जानकारी दिए।

  • 6
    Shares