You are here
Home > समाचार > जीप दुर्घटनाः मृत्यु हुने १० जनाको सनाखत (नामसहित)

जीप दुर्घटनाः मृत्यु हुने १० जनाको सनाखत (नामसहित)

१९ कार्तिक २०७५, सोमबार १९:५५

डोल्पा-डोल्पाको सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा जीपमा सवारी १० जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उक्त जीपमा १२ जना सवार थिए । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जनाए ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् । घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै शवको मंगलबार परीक्षण गरेर आफन्तलाई बुझाइने बताइएको छ । जीप सडकबाट १५ मिटर तल ठूलीभेरी नदीमा खसेको थियो ।