You are here
Home > समाचार > महानगरीय प्रहरी कार्यालयद्वारा शून्य सहनशीलता अपनाउन निर्देशन

महानगरीय प्रहरी कार्यालयद्वारा शून्य सहनशीलता अपनाउन निर्देशन

१९ कार्तिक २०७५, सोमबार २०:२१

ललितपुर- महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा कार्यरत प्रहरी कर्मचारीलाई शून्य सहनशीलता अपनाउन निर्देशन दिएको छ ।

परिसरको निरीक्षण गर्दै कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज प्रहरी कर्मचारीलाई आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै नागरिकलाई सुरक्षा प्रदान गर्न निर्देशन दिएका हुन्।

उनले परिसरमा कार्यरतलाई आचरण र पोशाक दुवैमा ध्यान दिन पनि सुझाव दिएका छन्। प्रहरी नायब महानिरीक्षक थापाले प्रहरी कर्मचारीले आफ्नो परिवारसँग सम्बन्ध सुमधुर राख्नसमेत निर्देशन दिएका छन्। उनले भने, “घरपरिवारसँगको सम्बन्ध चुस्त राख्दा कार्यालयको कामसमेत चुस्त हुन जान्छ ।”

जिल्लाको सुरक्षा अवस्थाका बारेमा प्रस्तुति गर्दै परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले प्रहरीले साधन र स्रोत पर्याप्त नभएको बताए। सवारी साधन, जनशक्ति, भवनलगायतका अभाव प्रहरीले भोगिरहेको उनले बताए।

प्रहरी नायब महानिरीक्षक थापाले परिसरको काम कारवाही, कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा कार्यालयको भौतिक स्रोतसाधन समेतको निरीक्षण गरेका हुन्।

आज नै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, जिल्ला अदालतका न्यायाधीश बालमुकुन्द दवाडी र प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले पनि परिसरको निरीक्षण गरेका छन्।

  • 5
    Shares