You are here
Home > प्रशासन > टोखा नगरपालिकाका कार्यकारी सुवेदीविरूद्ध भ्रष्टाचार मुद्दा

टोखा नगरपालिकाका कार्यकारी सुवेदीविरूद्ध भ्रष्टाचार मुद्दा

२० कार्तिक २०७५, मंगलवार १९:२७

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुवेदी दशैँको मुखमा घुस खाँदाखाँदै रंगेहात पक्राउ परेका हुन्।

पूर्वाधार विकास योजनाअन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानका लागि छुट्याएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनका लागि सुवेदीले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

आरोपी सुवेदीलाई विगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

  • 5
    Shares