You are here
Home > समाचार > कुकुरले गर्ने अनुसन्धानलाई प्रभावकारी बनाउन आइजीपीको खनालको निर्देशन

कुकुरले गर्ने अनुसन्धानलाई प्रभावकारी बनाउन आइजीपीको खनालको निर्देशन

२० कार्तिक २०७५, मंगलवार १९:३६

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । महानिरीक्षक खनालले कुकुरले गर्ने अनुसन्धानको कामलाई प्रभावकारी बनाउन कुकुर प्रशिक्षण तथा तालिम केन्द्रका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

कुकुर तिहारको अवसर पारेर महाराजगञ्जस्थित कुकुर प्रशिक्षण तथा तालिम केन्द्रमा तालिम प्राप्त कुकुरलाई सम्मान गरेपछि उनले अनुसन्धानका लागि कुकुरलाई दक्ष बनाउन सक्दो पहल गर्ने योजना पनि अघि सारेका छन्। कार्यक्रममा कुकुर स्मारकको पनि अनावरण गरिएको छ ।

सोही अवसरमा महानिरीक्षक खनालले कुकुर प्रशिक्षण तथा तालिम केन्द्रकी प्रमुख डा.देउती गुरुङलाई वरिष्ठ प्रहरी उपरीक्षकको दज्र्यानी चिन्ह पनि लगाईदिएका थिए । नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको अवसर पारेर तालिमप्राप्त कुकुरहरुमध्ये उत्कृष्ट काम गरेका कुकुरलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

  • 16
    Shares