You are here
Home > समाचार > राजपाका महामन्त्रीमाथि विशेष अदालतमा मुद्दा दायर

राजपाका महामन्त्रीमाथि विशेष अदालतमा मुद्दा दायर

२१ कार्तिक २०७५, बुधबार १९:५६

काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री विनोद सिंहले करोडौ रुपियाँको अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेको छ ।

वन मन्त्रालय अन्तर्गत सहायक अधिकृतमा काम गरेका सिंह दुई करोडभन्दा बढी रकम अवैधानिक रुपमा आर्जन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग आयोगले उनीमाथि कात्र्तिक १९ गते मुद्दा दायर गरेको हो।

एक वर्षअघि आयोगले उनीमाथि छानविन गर्न थालेपछि त्यसबाट बच्नका लागि आफ्नो पदबाट राजीनामा दिएर राजपा नेपालमा सक्रिय भएका थिए । पदमा हुँदा नै अकुत सम्पत्ति कमाएको भन्दै उनीमाथि आयोगमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनीमाथि छानविन शुरु भएको थियो ।

  • 6
    Shares