You are here
Home > समाचार > यसरी खुवाए मोदीले चीनको सीमानामा पुगेर सैनिक जवानलाई लड्डु

यसरी खुवाए मोदीले चीनको सीमानामा पुगेर सैनिक जवानलाई लड्डु

२१ कार्तिक २०७५, बुधबार २१:४४

काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत चीनको सीमानामा रहेको हर्षिल आर्मी क्याम्पमा सेना र आइटीबीपीका जवानलाई लड्डु खुवाएका छन् ।

सेना र आइटीबीपीका जवानको हौसला बढाउन प्रधानमन्त्री मोदी उक्त स्थान पुगेका छन् । सो अवसरमा उनले जवानलाई मिठाई खुवाएर दिपावलीको बधाई दिए। त्यसपछि उनि केदारनाथ धाम पुगे र बाबाको दर्शन गरि निर्माण कार्यको निरीक्षण गरेका छन्।

प्रधानमन्त्री मोदी बुधवार एक दिनका लागि उत्तराखण्ड भ्रमण गर्न जौलीग्रान्ट एयरपोर्टमा सुरक्षा व्यवस्था गरिएको थियो । मोदीको सुरक्षा व्यवस्था हवाइदेखि जमिनसम्म थियो । साथै खुफिया एजेन्सियोलाई पनि अलर्टमा राखिएको थियो ।

मोदी दिल्लीबाट सेनाको विशेष विमानबाट विहान ६ बजेर ४७ मिनेट जौलीग्रान्ट एयरपोर्ट पुगेका थिए । जौलीग्रान्ट एयरपोर्टबाट मोदी ७ बजेर १०मिनेट तिर सेनाको ४ एम आई (१७ हेलिकप्टरको सुरक्षा सहित उत्तरकाशी जिल्लामा भारत चीन सीमाना हर्षिलका लागि प्रस्थान गरे।

हर्षिलमा सेनाका जवानलाई मोदीले दिपावलीको बधाई दिए र मिठाई खुवाए । सो क्रममा मोदी आइटीबीपीका अधिकारी र जवानसँग भेट गरे र दिपावलीको बधाई दिए ।

साथै उनले चीन सीमानासँग जोडिएको महत्वपूर्ण पहलुओ माथि सैन्य अधिकारिसँग जानकारी लिए ।