You are here
Home > समाचार > प्रहरीले १२ बर्षसम्म पनि सई कार्कीको हत्यारा पता लगाउन सकेन

प्रहरीले १२ बर्षसम्म पनि सई कार्कीको हत्यारा पता लगाउन सकेन

२२ कार्तिक २०७५, बिहीबार ०८:४३

काठमाडौं-नेपाली कांग्रेसका तत्कालीन नेता खुमबहादुर खड्काको अंगरक्षक (पिएसओ) को हत्यारा १२ वर्ष भइसकेको १२ वर्ष वितिसक्दा समेत अझै हत्यारा पता लागेको छैन। नेपाल प्रहरीका तत्कालीन सई कुवेर कार्कीको हत्या भएको १२ वर्ष भइसकेको छ ।

तर, यो घटनाको अनुसन्धान पनि शून्यमै छ ।०६३ साल मंसिर २१ गते सई कार्कीको काठमाडौंको गोठाटारस्थित निवासमा खुकुरीले हानेर हत्या भएको थियो ।

सुतिरहेका कार्कीलाई मध्यराति बरण्डामा बोलाएर आक्रमण गरिएको थियो । कार्की त्यतिवेला कांग्रेस नेता खड्काको पिएसओका रूपमा कार्यरत थिए ।

घटनाअघि उनी श्रीमतीसँगै सुतेका थिए । तर, श्रीमतीले भने आफू मस्त निद्रामा भएका कारण घटनाबारे थाहा नपाएको बताएकी थिइन् ।

कार्की हत्याको अनुसन्धानमा परिवारबाटै पनि पर्याप्त सहयोग नमिलेको प्रहरी अधिकारीहरू बताउँछन् ।

  • 11
    Shares