You are here
Home > समाचार > निर्मलाका हत्यारा चाँडै कानुनी कठ्घरामा आउँछन्ः गृहमन्त्री थापा

निर्मलाका हत्यारा चाँडै कानुनी कठ्घरामा आउँछन्ः गृहमन्त्री थापा

२२ कार्तिक २०७५, बिहीबार १६:५०

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा चाँडै कानुनी कठ्घरामा आउने बताएका छन्।

हत्या रहस्यमय भएको र अनुसन्धान जारी रहेको भन्दै उनले हत्यारा पत्ता लाग्दैन की भनेर निरास नहुन आग्रह गरे। रिपोर्टस क्लबले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बोल्दै उनले घटनालाई अतिरञ्जित नबनाउन समेत आग्रह गरे।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कार्यको समिक्षा गर्न आग्रह गर्दै उनले देशमा भएको गुण्डागर्दी समाप्त पार्न सरकार प्रतिबद्ध रहेको बताए। निर्मला पन्त हत्याका प्रमाणहरु लुकाइनु, घटनालाई दबाउन खोज्ने जो कसैलाई कारबाही हुने उनको धारणा थियो ।

  • 5
    Shares