You are here
Home > तस्विर > प्रधानमन्त्री ओलीको भाइटीकामा जे देखियो तस्वीरमा

प्रधानमन्त्री ओलीको भाइटीकामा जे देखियो तस्वीरमा

२३ कार्तिक २०७५, शुक्रबार १९:५४

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाइन्।

टीका लगाइदिएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरिन्। साथै उनीहरुले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइ दिइन्। प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे।