You are here
Home > समाचार > सशस्त्रका तीन डिआईजीको सरुवा, ६ को पदस्थापन (नामसहित)

सशस्त्रका तीन डिआईजीको सरुवा, ६ को पदस्थापन (नामसहित)

२५ कार्तिक २०७५, आईतवार ११:२५

काठमाडौं-सशस्त्र प्रहरीमा उच्च अधिकृतहरुको सरुवा र डिआईजीमा बढुवा भएका अधिकृतहरु पदस्थापन भएको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरीका तीन डिआईजीको सरुवा गर्नुको साथै भर्खरै बढुवा भएका अन्य ६ जना डिआईजीको पदस्थापना समेत गरेको हो ।

गृह मन्त्रालयले डिआईजीहरु बाबुराम पाण्डेलाई नं. ४ बाहिनी मुख्यालय कास्की, प्रविण कुमार श्रेष्ठ नं.२ बाहिनी महोत्तरी र कविन्द्रमान श्रेष्ठलाई सुरक्षा परिषद्को सचिवालय,सिंहदरवारमा सरुवा गरेको छ ।

त्यसैगरी डिआईजी प्रजाभक्त श्रेष्ठलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, रामप्रकाश श्रेष्ठ, नं ३ बाहिनी मकवानपुर, ,राजु अर्याल मानवश्रोत विभाग,तालिम निर्देशनालय,नारायणदत्त पौडेल सीमा सुरक्षा विभाग,सिपी गौतमलाई कमाण्ड तथा स्टाफ कलेज र गोविन्द क्षेत्रीको प्रशासन निर्देशनालयमा पदस्थापना भएको छ।

त्यसैगरी नेपाल एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसएसपी किशोर प्रधानको नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा सरुवा गरिएको छ ।

  • 168
    Shares