You are here
Home > समाचार > अपराध महाशाखाको असई हुँ भन्दै ठगी गर्ने प्रहरीको कब्जामा

अपराध महाशाखाको असई हुँ भन्दै ठगी गर्ने प्रहरीको कब्जामा

२५ कार्तिक २०७५, आईतवार १४:०३

काठमाडौं-आफू अपराध महाशाखाको असई हुँ भन्दै धम्काएर एक लाख रुपैयाँ असुल्नै व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोक साँगाचोकका ३१ वर्षिय नारायण विकलाई अपराध महाशाखाले पक्राउ गरेको हो ।

उनले दीपेन्द्र अधिकारीका नाममा आफ्नो परिचय दिने गरेका थिए । अपराध महाशाखाका अनुसार लेनदेन विवादमा उनले कृष्ण चौधरीलाई ठगी गर्ने खुश्बु गुरुङलाई आफु असई भएको भन्दै धम्काएका थिए ।

गुरुङसँग एक लाख लिएर पीडित चौधरीलाई नदिई आफैं राखेपछि ठगी गरेको खुलेको हो । पक्राउ परेका विकलाई ठगी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।