You are here
Home > समाचार > तनहुँमा बस दुर्घटना हुँदा ३७ जना घाईते

तनहुँमा बस दुर्घटना हुँदा ३७ जना घाईते

२५ कार्तिक २०७५, आईतवार १५:५२

 तनहुँ- तनहुँको भीमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३७ यात्रु घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा बस अनियन्त्रीत भएर दुर्घटना हुँदै राजमार्गबाट ३० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालल जानकारी दिए ।

प्रहरी र स्थानीय मिलेर घाइतेको उद्धार गरेका थिए ।घाइतेहरुको तनहुँ स्थित दमौली, रत्नहरी र व्याससिटी अस्पतालमा उपचार भईरहेको छ।

  • 5
    Shares