You are here
Home > समाचार > अझै पुलिसले भेटेको छैन भारतीय माओवादी महासचिवको फोटो

अझै पुलिसले भेटेको छैन भारतीय माओवादी महासचिवको फोटो

२५ कार्तिक २०७५, आईतवार २१:४३

काठमाडौं-भारतीय माओवादीका महासिचव मुपल्ला लक्ष्मण राव उर्फ गणपतिको जुन फोटो सुरक्षा अधिकारी समक्ष आएको छ, सो फोटो त्यो समयको हो जब उनी ३५ वर्षका थिए । यस बाहेका गणपतिको कुनै पनि फोटो पुलिस वा मिडियासँग छैन । गणपतिको अन्तिम अन्तर्वार्ता माओवादीहरूको मुखपत्रमा पनि दश वर्ष पहिले छापिएको बताइएको छ ।

यसपछि यस्तो कुनै पनि गणपतिको फोटो पत्रकार तथा आन्तरिक प्रकाशनमा पनि छापिएको छैन । ६९ वर्षका गणपति आजभोलि कस्ता देखिन्छन् भन्ने कसैलार्इ पनि पत्तो छैन । देशमा जतिपनि सरकारी खुफिया शाखाहरू छन्, उनिहरूले पनि यसबारे कुनै सुराक फेला पारेका छैनन् ।

नेता गणपति २००४ सालमा भारतीय माओवादीका महासचिव बनेका थिए । त्यस समयमा माओइस्ट कम्युनिष्ट सेन्टर यानी एमसिसि र सीपीआइ–एमएल (मार्क्सवादी–लेनिनवादी)पीपुल्स वार ग्रुप अथवा पीडब्लुजीहरूको विलय भएको थियो ।

भारतको अन्ध्र प्रदेशको करिमनगर जिल्लामा जन्मिएका गणपति शिक्षण पेशा त्यागेर उच्च शिक्षाका लागि वारंगल भन्ने स्थान गएका थिए । वारंगलमा नै उनको सम्पर्क पिपुल्स वार ग्रुपका कोडपल्ली सीलारमैयासँग भएको थियो । त्यससमय सीतारमैया संगठनका महासचिव थिए । पछि गणपति पनि पीडब्लुजीको महासचिव बने ।

पछिल्ला वर्षहरूमा प्रकाशित समाचारहरूमा गणपतिलार्इ पार्टीको महासचिव पदबाट हटार्इदिएको वा उनी स्वयम्ले नै पद त्याग गरेको जनाइएको छ । एजेन्सी

  • 8
    Shares