You are here
Home > समाचार > ठमेल र दरबारमार्गका नाइट क्लब, डिस्को र बारमा प्रहरीको कडा निगरानी

ठमेल र दरबारमार्गका नाइट क्लब, डिस्को र बारमा प्रहरीको कडा निगरानी

२५ कार्तिक २०७५, आईतवार २१:५२

काठमाडौं- प्रहरीले दरबारमार्ग र ठमेल अन्तर्गत एरियामा सञ्चालित रात्रीकालिन क्लब, डान्सबार, रेष्टुरेन्टहरुमा कडा निगरानी राख्न सुरु गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरी महानगरीय प्रहरी वृत, दरबारमार्ग, लैनचौर र कमलपोखरीले रेष्टुरेन्ट व्यवसायीहरुसँग एक खालको सहमति गराई निगरानी राख्न सुरु गरेको हो ।

दरबारमार्ग प्रहरी वृतका प्रमुख (डिएसपी) दानबहादुर मल्लको अध्यक्षतामा कात्तिक २० गते इन्सपेक्टर फलबहादुर तामाङ, डेजाभु क्लबका सञ्चालक पासाङ शेर्पा, क्लब वुड ल्यान्डका सञ्चालक नविन प्रधान, क्लब भिक्टीका सञ्चालक मनराज तामाङलगायतको उपस्थितिमा १८ वर्षमूनिका किशोरकिशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गर्न रोक लगाइने सहमति भएको छ ।

रेष्टुरेन्ट व्यवसायीहरुसँग १८ वर्षमूनिका किशोरकिशोरीहरुलाई प्रवेशमा रोकसँगै नाइट क्लब, डिस्को र बारमा व्यवस्थित पार्किङको व्यवस्था र लागुऔषध, हातहतियार, बालबालिका निषेधका संकेत सबैले देखिने गरी स्पष्ट रुपमा राख्नुपर्ने सहमति भएको डिएसपी मल्लले जानकारी दिए ।

ठमेलमा अत्याधुनिक शैलीबाट सञ्चालित फरेनहाइट क्लबले भित्र छिर्ने गेटमै स्पष्ट रुपमा देखिने गरी प्रहरीको नियम पालना गरेको छ ।क्लबले हातहतियार, लागुऔषध, १८ वर्षमुनिका बालबालिका निषेधको संकेत, स्पष्ट रुपमा अनुहार देखिनुपर्ने र बाहिरबाट खानेकुरा लिएर जान नपाइने भन्दै गेटमा ब्यानर राखेको छ ।नाइट क्लब, डान्सबार र डिस्कोले यो नियम पालना गर्नैपर्ने डिएसपी मल्ल बताउँछन् ।

  • 12
    Shares