You are here
Home > समाचार > डा.दुर्गा थापा एआईजीमा बढुवा

डा.दुर्गा थापा एआईजीमा बढुवा

२६ कार्तिक २०७५, सोमबार १२:१९

काठमाडौं-नेपाल प्रहरीकी डिआईजी डा दुर्गा थापा एआईजीमा बढुवा भएकी छिन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो ।

उनलाई गत २४ असोजमा बसेको बढुवा समितिको बैठकले एआइजी बढुवामा सिफारिस गरेको थियो । सिफारिस भएको करिब एक महिनापछि उनको बढुवा भएको हो ।

मन्त्रिपरिषद्को बैठक बस्न धेरै समय लागेकाले उनको बढुवा लम्बिएको हो । थापा प्रहरी अस्पतालमा कार्यरत छिन् । एआइजी बढुवासँगै उनी अस्पतालको कार्यकारी निर्देशक हुनेछिन् ।

  • 63
    Shares