You are here
Home > राजनीति > देउवाविरुद्ध मोचाबन्दी बनाउँदै कांग्रेसका शीर्ष नेता, सुजाता निवासमा बैठक

देउवाविरुद्ध मोचाबन्दी बनाउँदै कांग्रेसका शीर्ष नेता, सुजाता निवासमा बैठक

२६ कार्तिक २०७५, सोमबार १४:३२

काठमाडौं- पार्टी सञ्चालनमा सभापति शेरबहादुर देउवाको मनोमानी बढेको आरोप लगाउँदै नेपाली कांग्रेसका सात शीर्ष नेताहरुले देउवाविरुद्ध मोर्चाबन्दी थालेका छन् ।

सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा रहेका कांग्रेसका प्रभावशाली नेताहरु सोमबार (केहीबेरअघि) नेतृ सुजाता कोइरालाको निवासमा छलफलमा जुटेका छन् ।

मण्डिखाटारस्थित सुजाता निवासमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत सहभागी छन् ।

छलफल पार्टीको आगामी महासमिति बैठकका विषयमा केन्द्रित हुने स्रोतले जनाएको छ । पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि जनाउँदै मोर्चाबन्दीमा जुटेका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत उपसभापतिमा विजयकुमार गच्छदारलाई गरेको मनोनयनप्रति समेत छलफल हुने जनाएका छन् ।