You are here
Home > समाचार > सुदूरपश्चिम प्रदेशकाे सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त

सुदूरपश्चिम प्रदेशकाे सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त

२७ कार्तिक २०७५, मंगलवार १५:१४

धनगढी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । पदीय मर्यदाविपरीत गतिविधि गरेको भन्दै दीर्घबहादुर सोडारीलाई मन्त्री पदबाट बर्खास्त गरेकै दिन उनको ठाउँमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लबाट आजै पद तथा गोपनीयताको शपथ दिलाउने तयारी गरेको छ । शपथ अपराह्न ४ बजेका लागि तय भएको बताइएको छ । प्रदेश प्रमुखबाट शपथ लिएपछि सुवेदीले जिम्मेवारी सम्हाल्ने छन् ।

सुवेदी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सोडारी भने कैलाली ४ (क) बाट निर्वाचित सांसद हुन् ।सोडारीको बारेमा कैलालीमा चर्को विरोध समेत रहेको थियो।

  • 2
    Shares