You are here
Home > समाचार > सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

२७ कार्तिक २०७५, मंगलवार १९:४४

काठमाडौं– पाँच लाख रुपैयाँ घुस लिने उच्च सरकारी वकील कार्यालय, पोखरा कास्कीका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

थापाले ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई गएको असोज २४ मा सेवाग्राहीसँग ५ लाख घुस लिंदालिंदै अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएकोले बिगो रु ५ लाख रुपैयाँ नै कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरी आयोगले मुद्दा दायर गरेको छ । सहन्यायाधीवक्ता थापा अख्तियारका आयुक्त राजनारायण पाठकका अति नै निकट मानिन्छन् । राजनारायण पाठक सहन्यायाधीवक्ता हुँदा थापा सरकारी वकिल थिए ।

  • 6
    Shares