You are here
Home > समाचार > भारतीय गृहमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्री नेपाल आउँदै

भारतीय गृहमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्री नेपाल आउँदै

२८ कार्तिक २०७५, बुधबार १३:३३

काठमाडौं-भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउने भएका छन् ।
मंसिर २६ गते जनकपुरधाममा हुने रामजानकी विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आदित्यनाथ आउने सुनिश्चित भएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताए ।

‘यस वर्षको विवाहपञ्चमी महोत्सवमा भारत सरकारको तर्फबाट गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आदित्यनाथ भारतको अयोध्याबाट जन्ती बनेर आउँदै हुनुहुन्छ,’ महन्थ वैष्णवले भने ।

दिपावलीका दिन अयोध्या पुगेर मुख्यमन्त्री आदित्यनाथले नै जनकपुरमा विवाहपञ्चमी महोत्सवका दिन जन्ती बनेर जनकपुरधाम जाने भनेर घोषणा गर्नुभएको थियो,’ वैष्णवले भने, ‘उहाँसँगै गृहमन्त्री सिंह पनि आउने छन् ।

  • 3
    Shares