You are here
Home > समाचार > विभिन्न स्थानमा सटरको ताला फुटाउने एक जना पक्राउ

विभिन्न स्थानमा सटरको ताला फुटाउने एक जना पक्राउ

२८ कार्तिक २०७५, बुधबार १४:१०

काठमाडौं-काठमाडौंको विभिन्न स्थानमा सटरको ताला फुटाएर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदिप तामाङ भनेर चिनिने गंगबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।

रामेछापको दोरम्बा गाउँपालिका – ४ स्थायी घर भएका सुदिपलाई कार्तिक २६ गते काठमाडौंको मछिन्द्रबहालबाट पक्राउ गरेको हो ।

उनले कार्तिक १० गते मखनमा रहेको मिनराज घिमिरेको कस्मेटीक पसलको टाला फुटाई १० लाख बराबरको सामान चोरेका थिए। त्यस्तै कार्तिक २६ गते बालकुमारीमा तीन वटा कस्मेटीक पसलबाट सामान चोरेका थिए ।

ट्याक्सी चालक सुदिपले रातको समयमा फलामे रडले सटरको ताला फुटाएर चोरी गर्दै आएका थिए । उनीमाथि ८ वटा भन्दा बढी सटर फुटाएको र ३० लाख भन्दा बढी रकमको सामान चोरी गरेको आरोप छ ।

  • 1
    Share