You are here
Home > समाचार > कोलम्बो प्रोसेस बैठक काठमाडौंमा सुरु

कोलम्बो प्रोसेस बैठक काठमाडौंमा सुरु

२९ कार्तिक २०७५, बिहीबार १०:५८

काठमाडौं- आप्रवासी श्रमिकको हकहितको साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता रहेको छ । कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आवद्ध रहेका छन् ।

बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध लगायतका विषयमा छलफल हुने बताइएको छ।

आजको बैठकमा उच्च पदस्थ अधिकारीहरु सहभागि भएका छन् । भोली मन्त्रिस्तरिय बैठक हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।

सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ ।