You are here
Home > समाचार > प्रहरीलाई एक हजार घुस दिने चालक थुनामा

प्रहरीलाई एक हजार घुस दिने चालक थुनामा

२९ कार्तिक २०७५, बिहीबार १२:१३

काठमाडौँ- प्रहरीलाई घुस दिन सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कागजात माग्दा कागजात नदेखाई घुस दिएको भन्दै चालकलाई नियन्त्रणमा लिइएको हो।

बुधबार दिउँसो बुद्धनगर युएन पार्क नजिकैबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा ९ घर भएका चालक २१ वर्षीय जितबहादुर तामाङ र सहचालक १९ वर्षीय सुजन घलेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए।उनीहरु बा २ ख ८१२९ नम्बरको निशान गाडीको चालक र सहचालक हुन्।

उनीहरुले डिउटीमा खटिएका प्रहरीले सवारी चेक गर्ने कागजातहरु माग गर्दा कागजपत्र नदेखाई प्रहरीलाई एक हजार घुस दिन खोजेको प्रहरीको दाबी छ।

  • 10
    Shares