You are here
Home > समाचार > त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित ३ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित ३ जना पक्राउ

२९ कार्तिक २०७५, बिहीबार १२:३७

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध रुपमा लैजान लागेको करिब २ सय ९९ ग्रामको सुनको सिक्री सहित बझाङ बुङगल नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश बोहोरा सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।