You are here
Home > समाचार > जिप पल्टदा चालकको मृत्यु, २ घाईते

जिप पल्टदा चालकको मृत्यु, २ घाईते

२९ कार्तिक २०७५, बिहीबार १५:२४

बाजुरा-बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप बुढीगंगा नगरपालिका– २ बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सवार दुई यात्रु घाईते छन्।

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–४ का ४० वर्षीया जीपका चालक धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । उनको घटना स्थलमै मृत्यु भएका हो । घाइते हुनेमा मृतक चालक साउँदका २२ वर्षीय छोरा नवराज साँउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा रहेका छन् ।

घाइतेहरुको थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

  • 11
    Shares