You are here
Home > समाचार > घुस लिँदालिँदै पक्राउ परेका डीएसपी राईलाई छाड्न अदालतको आदेश

घुस लिँदालिँदै पक्राउ परेका डीएसपी राईलाई छाड्न अदालतको आदेश

२९ कार्तिक २०७५, बिहीबार १८:५६

काठमाडौं-बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छाड्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो ।महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राई २० असोजमा बालुवा व्यवसायीसँग व्यापार चौपट पारिदिने धम्की दिएर सेवाग्राहीसँग रकम असुली गर्दै गर्दा कार्यालयबाटै पक्राउ परेका थिए ।

न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई छाड्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

  • 8
    Shares