You are here
Home > समाचार > विश्वकप आयोजनास्थलमा सुरक्षाका लागि कतारले सहयोग मागेको छैनः नेपाल प्रहरी

विश्वकप आयोजनास्थलमा सुरक्षाका लागि कतारले सहयोग मागेको छैनः नेपाल प्रहरी

३० कार्तिक २०७५, शुक्रबार ११:४९

काठमाडौं-सन् २०२२ मा हुने विश्वकप फुटबलको आयोजक कतारले आयोजनास्थलको सुरक्षाका लागि कुनै सहयोग नमागेको नेपाल प्रहरीले स्पष्ट पारेको छ।

प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको कतार भ्रमणका क्रममा विश्वकप आयोजकले नेपाल प्रहरीसँग आयोजनास्थलको सुरक्षाका लागि ठुलो संख्यामा सहयोग माग गरेको समाचार आईरहेको बेला प्रहरीले सो सत्य नभएको बताएको हो ।

कतारले आयोजनास्थलको सुरक्षाका लागि नभई टेक्निकल र मेडिकल सर्पोटका लागि मात्र सहयोग माग गरेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रबक्ता एसएसपी उत्तमराज सुवेदीले आयोजनास्थल सुरक्षाका विषयमा कुनै सहमती नभएको बताउदै अन्य सहयोगका विषयमा मात्र छलफल भएको जानकारी गराए।

खेल आयोजना हुने रंगशाला तथा खेलाडीको सुरक्षाका लागि कुनै मुलुकसँग सम्झौता नगरेको कतार फुटबल एसोसिएसनले पनि यसअघि नै बताईसकेको छ ।

  • 4
    Shares