You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः ४ जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’

निर्मला हत्या प्रकरणः ४ जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’

३० कार्तिक २०७५, शुक्रबार १३:०२

काठमाडौं-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको थियो । उक्त रिपोर्ट ‘नेगेटिभ’ नभएको र निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको कञ्चनपुरका  प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझाले बताए ।

शंकास्पद चार जनै स्थानीय हुन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।कञ्चनपुर प्रहरीले यसअघि स्थानीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए पनि निर्मलाको भजाइनल स्वावसँग मेल नखाएपछि उनलाई हिरासतबाट छोडिएको थियो ।

निर्मला बलात्कारपछि हत्या भएता तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट (हाल बर्खास्त), उनका छोरा किरण, भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

त्यस्तै न्यायको माग गर्दै गत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी निर्मलाका आमा दुर्गादेवी पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्नामा बसेका छन् । निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।

  • 8
    Shares