You are here
Home > राजनीति > प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा केही दिन सहभागी नहुने

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा केही दिन सहभागी नहुने

३० कार्तिक २०७५, शुक्रबार १५:४०

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन । उपचारपछि कात्तिक १६ गते सरकारी निवास बालुवाटार फर्किएका  ओली अझै केही दिन बालुवाटार बाहिर हुने कार्यक्रममा सहभागी नहुने भएका हुन ।

ओली कोलम्बो प्रोसेसको काठमाडौंमा जारी सम्मेलनअन्तर्गत आजको मन्त्रीस्तरीय बैठकमा पनि सहभागी भएनन् । वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठक काठमाडौँमा चलिरहेको बताइएको छ । त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा आएको भएता पनि सहभागी  भएनन्।

प्रधानमन्त्री ओलीलाई कात्तिक १२ गते बिहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनी १६ गते बालुवाटार फर्किएका थिए ।

  • 5
    Shares