You are here
Home > मनोरञ्जन > आगामी दिनमा विगतका गल्ती दोहोरिदैनन्ः आइजीपी खनाल

आगामी दिनमा विगतका गल्ती दोहोरिदैनन्ः आइजीपी खनाल

३० कार्तिक २०७५, शुक्रबार १६:११

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहा्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै महानिरीक्षक खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गरे।

उनले इमान्दारिताका साथ देश र नागरिकको सेवामा लागिरहन नागरिक समाजका अगुवाहरुले नेपाल प्रहरीलाई उत्साहित बनाउने काम गरिरहेको पनि स्मरण गराए।

गायक विजयनारायण मानन्धरको स्वरमा सजिएको सो गितको रचना रमेशचन्द्र अधिकारीले गरेका छन् भने संगीत भूपेन्द्र रायमाझीको रहेको छ। प्रहरी महानिरीक्षक खनालले सो गितले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि प्रहरीहरुलाई झनै उत्साहका साथ काम गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरे।