You are here
Home > समाचार > प्रहरी हवल्दार एक लाख घुससहित अख्तियारको फन्दामा

प्रहरी हवल्दार एक लाख घुससहित अख्तियारको फन्दामा

२ मंसिर २०७५, आईतवार १३:३८

काठमाडौं-एक लाख रुपैयाँ घुससहित एक प्रहरी पक्राउ परेका छन्  । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरा पक्राउ परेका छन् ।

नेपालबाट उत्पादित पानमसालाजन्य पदार्थहरु विभिन्न ठाउँमा पठाउन सहज गराईदिने  भन्दै उनले घुस लिएका थिए ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिइ गएको टोलीले उनलाई बारा कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित देवकीलाल धर्मशालाबाट शुक्रबार पक्राउ गरेको हो ।

  • 9
    Shares