You are here
Home > समाचार > प्रहरीको १०० नम्बरमा निशुल्क एसएमएस सेवा

प्रहरीको १०० नम्बरमा निशुल्क एसएमएस सेवा

२ मंसिर २०७५, आईतवार १३:४९

काठमाडौं-महानगरीय प्रहरी कार्यालय रानीपोखरीले १३ औं बार्षिककोत्सवको अवसर पारेर निशुल्क एसएमएस सेवाको शुभारम्भ गरेको छ। रानीपोखरीले १३ औं महानगरीय प्रहरी दिवसको अवसरमा १०० नम्बरमा निशुल्क एसएमएस सेवाको आइतवार एक कार्यक्रमकाबीच शुभारम्भ गरेको हो।

एक समारोहकाबीच निमित प्रहरी महानिरीक्षक पुष्कर कार्कीले एसएमएस सेवाको उद्घाटन गरे। उद्घाटनका क्रममा बोल्दै कार्कीले एसएमएस सेवाले प्रहरीलाई अपराध अनुसन्धानका लागि सहयोग पुग्ने बताए।

पछिल्लो समय प्रहरीले नागरिकलाई छिटो छरितो रुपमा सुरक्षा दिनका लागि अझै प्रयास जारी राखेको उनले बताए। अपराधीक क्रियाकलापका लागि प्रहरी एक्लैको प्रयासले नहुने भएकाले त्यसको नागरिकले सहकार्य गरेको अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।

त्यस्तै कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा गोविन्द प्रसाद थापाले प्रहरी प्रधान कार्यालयको जमिनराष्ट्रपतिको हेलिप्याडका लागि प्रयोग गरिने भन्ने जुन समाचार बाहिर आएको छ त्यो प्रहरीका लागि नराम्रो भएको बताए। राष्ट्रपति निवासको लागि प्रयोग गर्ने भए नारायणहिटी दरवार संग्राहलय भएपनि उयुक्त हुने सुझाव दिए।

राष्ट्रपतिका लागि सुरक्षाका दृष्ट्रिकोणले उपयुक्त, नेपाली सेना बस्नका लागि जमिन, हेलिप्याडका लागि प्रसस्त जमिन भएकाले उपयुक्त मानिन्छ, उनले भने। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै प्रशंसापत्र, कदर पत्र र विद्यार्थीलाई छात्रवृति समेत वितरण गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्त राखेका थिए।

  • 13
    Shares