You are here
Home > समाचार > होटल मिराज लर्डस इनमा छापा, जुवा खेलिरहेका १३ व्यापारी पक्राउ

होटल मिराज लर्डस इनमा छापा, जुवा खेलिरहेका १३ व्यापारी पक्राउ

२ मंसिर २०७५, आईतवार १५:१५

काठमाडौं-काठमाडौंको बत्तीसपुतलीस्थित भारतीय होटल कम्पनी मिराजको नेपालस्थित होटल मिराज लर्डस इनमा प्रहरीले छापा मारेर १३ जना ठूला व्यापारीलाई पक्राउ गरेको छ ।

होटलको पाँचौ तलामा रहेको कोठा नम्बर ५०२ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ लाख ६० हजार रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको छ ।

यद्यपि पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । होटल मिराजमा लामो समयदेखि जुवा खेल्ने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • 6
    Shares