
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चोर समाते बापत घुस लिने इन्सपेक्टरविरुद्ध मुद्दा दायर गरेको छ। इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो ।
उनीसँगै पक्राउ परेका जवान तिलक लामिछानेलाई भने मुद्दा नचलाउने निर्णय गरेको अख्तियारले जनाएको छ। सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिएबापत उनले सिपाही लामिछानेमार्फत १५ हजार रुपैयाँ घुस लिएका थिए । घुस लिए लगत्तै आयोगले पक्राउ गरेको थियो ।
मुद्दामा प्रहरी जवान तिलक लामिछानेले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ बमोजिमको कसुर गरेको देखिए पनि उनले घटनाबारे यथार्थ विवरण खुलाइ अनुसन्धान कार्यमा सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम साक्षीको रूपमा प्रस्तुत गरी सजायको मागदावीमा पूर्ण छुट दिइ माग दावी नलिएको आयोगले जनाएको छ।
- 10Shares