You are here
Home > समाचार > दोषि पता नलगाएको भन्दै भोली कैलाली बन्द

दोषि पता नलगाएको भन्दै भोली कैलाली बन्द

३ मंसिर २०७५, सोमबार १६:१३

काठमाडौं-कैलालीमा भोली आम हड्तालको घोषणा गरेको छ। युवकको हत्या विषयलाई लिएर पीडितले दोषीलाई कारवाही र न्यायको माग गर्दै मंगलवार विहान ७ बजेदेखि कैलाली बन्दको घोषणा गरेको हो।

सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडित पक्षले पत्रकार सम्मेलन गरि सो घोषणा गरेको हो। थापाकी आमा सीता थापाले शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गरेकी छिन्।

प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित नाष्ट कलेज अगाडी स्थानीय विजय थापाको हत्यामा संलग्नलाई पता नलगाएको पीडितले आरोप लगाएको छ।यस भन्दा अघि पनि धनगढीमा दुई युवकको हत्या भएपनि अझै प्रहरीले दोषि पता लगाउन सकेको छैन।

  • 6
    Shares