You are here
Home > राजनीति > राष्ट्रिय सडकसंञ्जालमा डोल्पा जोडियो, सेनालाई स्थानीयद्धारा धन्यवाद

राष्ट्रिय सडकसंञ्जालमा डोल्पा जोडियो, सेनालाई स्थानीयद्धारा धन्यवाद

४ मंसिर २०७५, मंगलवार १८:४५

काठमाडौं-बिकट हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडक संञ्जालमा जोडिएको छ । संघिय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जाजरकोट डोल्पा सडकको औपचारिक उद्घाटन गरेका छन ।

जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १ सय ३ दशमलब ४ किलोमीटर सडकको कच्ची ट्रयाक खुलाइसँगै सडकको उद्घाटन भएको हो ।

सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले सडक उद्घाटनसंंगै डोल्पा आर्थिक सम्बृद्धि तर्फ लम्कने बताए । सधै आर्थिक बिपन्नता र बिकटताको उपमा पाइरहेको कर्णाली भेरीकरिडोर नाम दिइएको जाजरकोट डोल्पा सडकले औचारिकता पाएसँगै बिकट र गरिवीबाट अबका दिनबाट छुटकरा पाउने समेत रक्षामन्त्री पोखरेलको भनाई थियो ।

सुँपानी–दुनैखण्डको १४ दशमलब ३ किलोमीटर सडकखण्डको कच्ची ट्रयाक तत्कालिन जिल्ला बिकास समीतिद्धारा यस अघिनै खुलाई बोलेरो जीप संञ्चालन भईरहेकाले उक्त खण्डको स्तरउन्नतीको जिम्मेवारी सेनालाईनै दिने बताउँदै सेना बिचैमा निर्माणकार्य छाडेर भाग्छकी भन्ने कुरामा भ्रममा नपर्न समेत मन्त्री डोल्पालीलाई आग्रह गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बिकट र गरिबको परिचय बोकेर बसेको कर्णाली प्रदेशलाई सडकले सम्पन्नताको परिचय बदल्नमा सहयोगर्ने बताए ।

गरिबी र बिकटताको परिचयमात्रै नबोकेर कर्णाली प्रदेशले आर्थिक सम्बृद्धीकोलागि प्रचुर सम्भाबना बोकेको समेत मन्त्री शाहीले बताए ।
सेनाले सरकारले दिएको जिम्मेवारी इमान्दारी पुर्वक भनेकै समयमा पुरा गर्नुकासाथै राज्यको बिकासका लागि सदैब लागि परिरहेको बताउँदै थप जिम्मेवारी दिएको खण्डमा जिम्मेवारी पुरागर्न नेपाली सेना प्रतिबद्ध रहेको प्रधानसेनापती पुर्णचन्द्र थापाले बताए ।

१४ बर्षे कठिन सडक निर्माणयात्रामा अहोरात्र खटिएर जाजरकोट–डोल्पा सडक निर्माणकार्यमा सफल भएको भन्दै रक्षा मन्त्री पोखरेलद्धारा कदर पत्र र दोसल्ला ओडाएर निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीलाई सम्मान गरिएको थियो ।त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोटसम्म पहिलो चरणको कच्ची ट्रयाक खुलाउने काम सम्पन्नभएसँगै डोल्पा पुर्णरुपमा सडक संञ्जालमा जोडिएको छ ।

सडक उद्घाटन कार्यक्रममा सहभागीहुन मंगलबार मन्त्री ईश्वर पोखरेल सहितको टोली सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेको हो।

रक्षामन्त्री ईश्वर पोखरेलसँगै,प्रधानसेनापति पुर्णचन्द्र थापा,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल,भौतिक पुर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी,सडक बिभागका महानिर्देशक रबीन्द्रनाथ श्रेष्ठ,रक्षा सचिव बिष्णुप्रसाद लम्साल,अर्थ मन्त्रालयका सह सचिव निर्मलहरी अधिकारी,रक्षा मन्त्रालयका सह सचिव बाबुराम गौतम,रक्षा मन्त्रालयका उप सचिव धुब्र प्रसाद थपलिया,बिकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिँह,संजय केसी लगाएतको टोली डोल्पा पुगेको थियो ।

सेनालाई धन्यबाद
त्रिपुरा सुन्दरी नगरपालिका १ रबी प्रसाद न्यौपानेले घरआँगनमै गाडी गुड्ला भन्ने सोचेका थिएनन् ।उमेरले ८० काटीसकेका उनी आजभन्दा चारदशक अगाडी पन्ध्र दिनसम्म पैदल हिँडेर नेपालगंञ्ज सुर्खेत लगाएतका हाटबजार पुगेको बताए।

“चरा टेक्न सक्ने बाटो थिएन्,अप्ठेरो बाटोका कारण घर छाडेर हाट जाँने तयारीगर्दा घरमा रुवाबासीनै हुन्थ्यो,उतीखेर नुन,कपडा लगाएतका बस्तु किन्न हाटबजार पुगेको हटारु आँउछ कि आँउदैन पत्तो हुदैन थियो” न्यौपानेले भने ।“अब घरआँगनमै गाडी गुड्न थालेको छ,दुई दिनमै नेपालगंञ्ज,सुर्खेत लगाएतका शहरमा पुग्न सकिन्छ,औषधी उपचारसँगै खाद्यान्न ढुवानीमा समेत सहज भएको उनले बताए ।”

बिकासको मुख्य कडी भनेको सडक भएकाले डोल्पासम्म सडक जोडिएपछि खुशीको सिमा नभएको डोल्पालीले बताए ।
सेनाले ट्रयाक खोलेपनि सिधा यातायात संञ्चालनकालागि पुल निर्माणसँगै कालोपत्रेकालागि सरकारसँग माग समेत गरेकाछन् ।
अब नुन,तेल,चामल लगाएतका दैनिक उपभोग्यबस्तुको मुल्य घट्नुकासाथै संरचनागत बिकासगर्न समेत सघाउ पुग्ने स्थानीय बिष्णु न्यौपानेले बताए।

  • 3
    Shares