You are here
Home > समाचार > इन्टरपोलको नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वाचित

इन्टरपोलको नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वाचित

५ मंसिर २०७५, बुधबार १८:५९

काठमाडौं-इन्टरपोलको नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वाचित भएका छन्।दुबईमा भएका वार्षिक सम्मेलनमा १९४ सदस्य राष्ट्रको मत पाएर याङ निर्वाचित भएका हुन्।

इन्टरपोलको कार्यावाहक अध्यक्ष रहेका याङले रूसका अलेक्जेन्डर प्रोकोपचुकललाई पराजित गरेका हुन्। धेरैले अलेक्जेन्डरले चुनाव जित्ने अपेक्षा गरेका थिए, कतिपयको भने उनले जिते भने रूसी राष्ट्रपति भ्लाद्मिर पुटिनका आलोचकमाथि निशाना बनाउन सक्ने शंका व्यक्त गरेका थिए।

२ महिना अघि चीनले इन्टरपोलका अध्यक्षलाई हिरासतमा लिएको थियो। हिरासतबाटै उनले राजीनामा दिएपछि अध्यक्ष खाली भएको थियो।

  • 7
    Shares