You are here
Home > समाचार > डिआईजी भण्डारीको दुर्घटनामा निधन भएसँगै रिक्त स्थानमा डिआईजी बढुवाको तयारी

डिआईजी भण्डारीको दुर्घटनामा निधन भएसँगै रिक्त स्थानमा डिआईजी बढुवाको तयारी

६ मंसिर २०७५, बिहीबार १५:४३

काठमाडौं-बहालवाला डीआईजी सुशीलकुमार भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेको उनको स्थानमा डीआईजी बढुवाको तयारी थालिएको छ । उच्च स्रोतका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल दुबई भ्रमणबाट फर्केलगत्तै बढुवाको प्रक्रिया थालनी हुने जनाइएको छ।

नेपाल प्रहरीले ओएण्डएम सर्वे गरेर भर्खरै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोमा डीआईजीको दरबन्दी कायम गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइ सकेको छ । सरकारले प्रहरीको उक्त प्रस्ताव स्वीकृत गरेमा नेपाल प्रहरीमा १ डीआईजीको दरबन्दी थप हुनेछ ।

उच्च स्रोतका अनुसार एक\डेढ सातामै दरबन्दी थपको निर्णय हुनेछ । त्यसो भएमा दुई एसएसपीले डीआईजीमा बढुवाको मौका पाउनेछन् । डीआईजी बढुवाका लागि एसएसपीहरु घनश्याम अर्याल, गणेशबहादुर ऐर र बसन्तकुमार पन्तबीच प्रतिस्पर्धा हुने देखिएको छ । अर्याल संघीय प्रहरी इकाइ कार्यालय भेरी, ऐर कल्याण महाशाखा र पन्त महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख छन् ।

 

  • 37
    Shares