You are here
Home > समाचार > नेपाल प्रहरीको सिआईबीलाई ‘एसिया इन्भाइरोमेन्टल इनफोर्समेन्ट अवार्ड’

नेपाल प्रहरीको सिआईबीलाई ‘एसिया इन्भाइरोमेन्टल इनफोर्समेन्ट अवार्ड’

६ मंसिर २०७५, बिहीबार १९:५७

काठमाडौं-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अन्तर्राष्ट्रिय स्तरको ‘एसिया इन्भाइरोमेन्टल इनफोर्समेन्ट अवार्ड २०१८’ पाउन सफल भएको छ।

एशिया अन्तरदेशीय वातावरणीय अपराध विरुद्ध अनुकरणीय कार्य गरेको भन्दै सिआईबीलाई उक्त अवार्ड दिइएको हो । बैंककमा युनाइटेड नेशन कन्फरेन्स सेन्टर इन बैंककमा बुधबार भएको कार्यक्रममा सिआईबीलाई उक्त अवार्ड दिइएको हो ।

यो अवार्ड संयुक्त राष्ट्र संघ वातावरणीय कार्यक्रम अन्तरगत सरकारी कार्यलय, संस्था, व्यक्ति तथा समुहलाई दिने गरिन्छ । यो अवार्ड यस अघि ०१५ र ०१७ मा एसियाका बिभिन्न मुलुकले पाइसकेका छन् । तेस्रो पटक दिइएको यो अवार्ड नेपाल सहित भारत, चीन, मलेशिया, भियतनाम, थाइल्याण्ड, कोरिया लगायतका मुलुकले पाइसकेका छन् ।

  • 38
    Shares