You are here
Home > समाचार > डडेल्धुरामा बस दुर्घटनाः १६ जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटनाः १६ जनाको मृत्यु

६ मंसिर २०७५, बिहीबार २०:३४

काठमाडौं –डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

बस सडकबाट ३०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो ।

  • 20
    Shares