You are here
Home > समाचार > जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग

जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग

७ मंसिर २०७५, शुक्रबार ११:४०

बैतडी– पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले आफ्नो २७औँ जन्मदिनको अवसरमा खर्च जोगाएर दशरथचन्द नगरपालिका–२ देहिमाडौं निवासी अपाङ्गता भएका परिवारलाई नगदसहित लत्ताकपडा सहयोग गरेका हुन्।

बिहिबार उहाँले देहिमाडौंका पूर्णबहादुर बोहराका छोराछोरीलाई सहयोगस्वरुप रु १० हजार भन्दा बढीका लत्ताकपडा, रजाइ, गद्दा तथा रु चार हजार ५०० दिएकाथियो । पूर्णकी २३ वर्षीया छोरी हिरा, १५ वर्षीया करिष्मा, १८ वर्षीया भूमिका र १० वर्षीय जयन्त बोहरा अपाङ्गता छन् ।

घरमै आएर सहयोग पाउँदा आफूहरू निकै खुशी भएको छोरी हिराले बताउनुभयो । आफूहरुको पढ्ने इच्छा भएको बताउनुका साथै घरमा ह्विलचेयर जाने बाटो नहुँदा समस्या भएको उनीहरूको गुनासो थियो । अध्यक्ष कार्कीले जन्मदिनमा गरिने फजुल खर्च जोगाएर आफूले सहयोग गरेको जानकारी दिए।